पश्चिम नवलपरासीमा एक लाख चालिस हजार मूल्य बराबरको अवैध मालसामान बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,चैत ३ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट एक लाख चालिस हजार पाच सय तीस रुपैया मूल्य बराबरको अवैध मालसामान  बरामद गरेको छ ।

प्रहरीका अनुसार जिल्लाबाट  खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा करिब १ लाख ३ हजार ६ सय ८० रुपैया  मुल्य बराबरको चिनि, रिलेक्स धुप, स्प्राइट १ प्याकेट, बिस्कुट, जिन्स पाइन्ट ११ थान, जेन्स टिसर्ट १३ थान, लेडिज टक्स ७३ पिस, जामा ६ थान, गोलो टिसर्ट ८ थान, , टिसर्ट ११ प्याकेट  ३३ थान, खुल्ला टिसर्ट ३ थान, भिजन टिसर्ट ८ पिस, झुल ५ थान, सुरुवाल ६ थान, रिवक मोजा १२ पिस, स्पोर्ट मोजा ७० पिस, कुर्ता शुरुवाल २५ पिस र कोट कपडा १४ थान लगायतका मालसामान रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको हो ।

त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई  राखेको १८ हजार १ सय ५० रुपैया मुल्य बराबरको  चिनि ३ सय ५० किलो र अडहरको दाल ३० किलो  रामग्राम नगरपिलाका वडा नं.५  बाट बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले  भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको करीब १८ हजार ७ सय मुल्य बराबरको ५२ गोटा (अंन्दाजी  ८५ किलो.) बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. ४ बाट बरामद गरेको जनाएको छ । 

बरामद भएका सम्पुर्ण सामान र  बोईलर कुखुरा  आवश्यक कारवाहीको महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन महेशपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *