खुल्ला नकआउट फुटवल प्रतियोगितामा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,चैत ३ गते।

पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी  द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा हिजो भएको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी भएको छ ।

हिजो दिउसो  भएको नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ विचको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी ३ गोल अन्तरले बिजयी भएको हो । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ ।

सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेपछि नव जागरण युवा क्लब मिनि बनकट्टीले ३ गोल गर्दै जित हासिल गरेको छ । 

यस्तै गरी भोलि लर्ड बुद्ध ब्लु र सुनवल  ३५ एफ सि बिच  प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामि चैत १२ गते सम्म चल्ने  प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *