देशभरका शिक्षण संस्था भोलिदेखि चार दिन बन्द गर्ने मन्त्रालयको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १६ गते।

मंगलबारदेखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।

देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

चिकित्सहरुका अनुसार हाल देखिएको प्रदूषण मानव स्वास्थ्यका लागि घातक रहेको छ । घातक मौसमले आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *