अनलाईन न्युजपाटी, काठमाडौँ समाचारदाता,बैसाख ३१गते।
एक महिनाको कठोर ब्रत पश्च्यात आज मुस्लिम समुदायले इदुलफित्र (ईद) मनाउँदैछन् ।
हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आयोगले घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने-खुवाउने चलन छ ।