अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,बैसाख ३१ गते।
सिरहामा तीन साताको लागि निषेधाज्ञा जारी गरेको छ ।
वैशाख ३१ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा गर्नको लागि प्रशासनलाई सिफारिस गरेको थियो । सोहि सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २१ दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने छ ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साडे नौं बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान साढे नौं बजेदेखि ५ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।