अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ १५ गते।
धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको जानकारी दिए ।
शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले मृतक राति सुतीरहेको अवस्थामा उनको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगि कुटपिट गरी हत्या गरेको सीसीटीभी भुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।