खोलामा डुबेर बेपत्ता भएको बालकको शव गोताखोर टिमद्धारा फेला

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असार १७ गते।

विगत तीन दिन देखि पर्सा जिल्लाको पोखरिया नगरपालिकामा खोलामा डुबेर बेपता भएका बालक शव फेला परेको छ।

सशस्त्र प्रहरी कुहिनाटारबाट आएको गुताखोरटोली, इलका प्रहरी कर्यालय पोखरियाको टोली , सशस्त्र प्रहरी पोखरियाको टोली र स्थानीय युवाहरु संयुक्त खोजीमा आज शव फेला परेको छ।पोखरिया नगरपालिकाको वडा नंबर ७ गोबिन्दपुर नजिक धुताहा खोलामा डूबेको स्थानबाट ३ किलोमीटर पर करिब ४ बजेर २५ मिनेटमा  शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिववर्वा बस्ने राजेन्द्र महतो तात्वाका अ.१३ वर्षीय छोरा राजु महतो तात्वा डूबेका थिए।पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो बगाएको थियो। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा २:४५ बजे बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *