अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार १७ गते।
अवैधरुपमा भारतबाट तस्करी गरेर ल्याएको ७० बोरा चिनी सहित ट्रक र सवारी चालकलाई सशस्त्र प्रह्री बल बोर्डर आउट पोष्ट दरैयाले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । बिओपीका इन्चार्ज प्रहरी निरीक्षकको टोलीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपीले जानकारी दिनुभयो ।
मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वी पनि नियन्त्रणमा परेका छन् । उनले चिनी विराटनगरको भट्टीमोडसम्म पुर्याउने जिम्मा लिएको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको खुलेको छ । सुनसरीबाटै तस्करी गरेर अमरडुवामा राखिएको चिनी ट्रकमा चिनी लोड गरेर विराटनगरमा ल्याईरहेको बेला बाटोमै पक्राउ परेको हो ।
प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मुल्य बराबरको रहेको र भंसार कार्यालय विराटनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।