नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १८ गते।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज  बस्दै छ ।

शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले  केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युत्याइ दिएपछि दोस्रो पटक  केन्द्रीय कमिटी बैठक बस्दै छ ।

आयोजक कमिटीद्वारा नेपाल पक्षमाथि गरिएको कारबाहीलाई सर्वोच्चले अवैध भनेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी ब्युत्याएका थिए । तर ०७५ जेठ २ को केन्द्रीय कमिटीमा नफर्किएको भन्दै माधव नेपाल पक्षले  आजका बैठकमा पनि उपस्थिति नहुने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *