काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २९ गते।

बैंकिङ कसुर मुद्दामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले आइतबार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षकले जानकारी दिए।

उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा श्रेष्ठलाई १५ दिन कैद सजाय, ५५ लाख जरिवाना र मिश्रलाई ७ दिन कैद, ५५ लाख जरिवाना सजाय सुनाएको थियो।

श्रेष्ठविरूद्ध सहारा राणाले जाहेरी दिएपछि अदालतले गत फागुन ४ गते सजाय सुनाएको प्रहरी उपरीक्षकले बताए।

त्यस्तै, मिश्रविरूद्ध डोमा याङ्छेनको जाहेरपछि अदालतले २०७६ मंसिर २२ गते सजाय सुनाएको थियो।

त्यसदिनदेखि फरार रहेका उनीहरूको सजाय कार्यान्वयनको लागि ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई फैसला कार्यान्वयनको लागि पठाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *