इराकको एक कोभिड अस्पतालमा आगलागी हुँदा ५४ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २९ गते।

इराकको एक कोभिड अस्पतालमा आगलागी हुँदा ५४ जनाको मृत्यु भएको  छ ।

इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो ।

आगलागीमा परी दर्जनौँ घाइते भएको जनाइएको छ ।

स्थानीय अधिकारीका अनुसार त्यहाँ कम्तिमा पनि ६३ जना विरामी रहेको थिए । अस्पतालको कोभिड वार्डमा एक अक्सीजन ट्यांकमा विस्फोट हुँदा आगो लागेको हुन सक्ने बीबीसीले जनाएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने आगलागिको कारण बारे कुनै जानकारी दिएको छैन ।

मृत्यु हुनेमा २ जना स्वास्थ्यकर्मी समेत रहेको जनाइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार अक्सिजन ट्यांक विस्फोट भएका कारण आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी छ । धेरै विरामीहरु सम्पर्कमा नआएका कारण मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *