अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २९ गते।
जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको छ ।
जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।
खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई खोप उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि सार्वजनिक गरिने छ । जापानबाट कोरोनाविरुद्धको खोप आइसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।