आज थपिए २ हजार ६७६ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ९ हजार ४३७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ६७६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ९ हजार ४३७पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *