काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बियो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ ।

निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा थप गरेको छ ।

त्यस्तै काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

त्यस्तै, अब सबै खालका पसलहरु साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । तर, अन्य आदेश र प्रावधानहरु भने साविककै कायम रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *