कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा साउन ११ गतेसम्म थप

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,साउन १ गते।

कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा साउन ११ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ बजेसम्म सञ्चालन गर्न पाउने आदेश गरेका छन् ।

यो अवधिमा मानिसको बढि भीडभाड हुने शिक्षण संस्था, पुस्तकालय, जिप खाना,नाचघर लगायतका स्थल पनि तत्काल सञ्चालन गर्न पाइने छैन।

अत्यावश्यक कामले जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चल्न दिने, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने पनि स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *