प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १ गते।

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।

उनी आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *