चितवनमा खेत जोती रहेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३ गते।

चितवनमा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरका चन्द्र सिग्देलको खेत जोत्दै गर्दा ३४ वर्षीय चालक सन्दीप मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।

आईतबार बिहान ८ बजे उक्त दुर्घटना भएको थियो । ना४ त ३१५२ नम्बरको ट्य्राक्टरका चालक मगर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

भरतपुरको सरकारी अस्पतालमा बिहान पौने ९ बजे उनको निधन भएको प्रहरी नायब उपरीक्षकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *