अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,साउन ६ गते।
बुधबार बिहानको समयमा नेपाल र भारत को सिमानामा पर्ने शहर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा ईनर्वा प्रहरी चौकी ईनर्वाले सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थाई घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गर्दै आएको बर्स ४३ को अंगद साह चान्दिको गरगहना सहित पक्राउ परेका छन ।
विशेष सुराकी अधारमा पैदल रक्सौल बाट हिडेर आईरहेको अवस्थामा शंकास्पद देखेपछि वीरगञ्ज र रक्सौल सिमाको बिचमा पर्ने शंकराचार्य गेट अगाडि चेकजाँच को लागि रोकि चेक गर्दा कालो झोलाभित्र उक्त चाँदीको गरगहना सहित एक जना पक्राउ भएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन।