साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ६ गते।

साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको छ ।

परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *