बाघको छालासहित दुई जना दाङको घोराहीबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ६ गते।

बाघको छालासहित दुई जनालाई दाङको घोराही गोग्लीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जानकारी दिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *