अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।
१५ केजी गाजाँसहित एक जनालाई खोटाङबाट प्रहरीले पक्राउ गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका राईले प्रतिबन्धित लागूऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीलले उनको घर खान तलासी गर्दा फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।
निरीक्षक साहका अनुसार राईको घरबाट बरामद गरिएको गाँजा गाँजा जिल्लामा दोस्रो ठूलो परिमाण हो । पक्राउ परेको राईलाई आइतबार लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई थप कानूनी कारबाही गर्न हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सूचना अधिकारी साहले जानकारी दिए । यसअघि गत चैत्र ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो ।