चाडपर्वमा भीडभाड नगर्न गृहमन्त्रालयको अनुरोध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।

चाडपर्वमा भीडभाड नगर्न गृहमन्त्रालयको अनुरोध गरेको छ ।

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकतामा मात्र मनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको छ । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि अहिले कोरोना संक्रमण वढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रा भीडभाड नगरी मनाउन अनुरोध गरेको छ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न उहाँले अनुरोध  गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *