अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३ गते।
इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको इन्द्रजात्राको आज दोस्रो दिन कुमारी रथयात्रा हुँदैछ ।
आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ ।
कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ ।