अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज २८ गते।
वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे बताउनुभयो ।
एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो ।
ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे बताउनुभयो ।