अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिएको मौसमविद्ले बताएका छन्।
यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।