भारतको जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १ गते।

भारतको जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय सेनाका ९ जना जवान समेत रहेका छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए ।

सेनाका अधिकारीहरुका अनुसार सोमबार सूचना प्राप्त भएपछि सेनाले सुरानकोटको जंगलमा चरमपन्थीहरुलाई खोज्ने अभियान सुरु गरेको थियो । यस क्रममा सेना र चरमपन्थीहरुबीच भयंकर मुठभेड सुरु भएको हो । सेनाका टुकडीहरुलाई मुठभेड स्थलमा पठाइएको थियो र उग्रवादीहरुलाई खोज्न र हवाई सर्वेक्षण सुरु गरियो । चरमपन्थीहरु विरुद्ध यो अभियान पुँछ–राजौरीको घना जंगल मा चलिरहेको छ ।

राजौरी पुञ्चका डीआईजी विवेक गुप्ताले शनिबार एक पत्रकार सम्मेलनमा भने कि पुँछको भट्ठा धुरीने नामक घना जंगलमा अझै अपरेशन चलिरहेको छ । उनले उक्त भौगोलिक कठिन क्षेत्र र परिस्थिति को कारण सुरक्षा बलका जवानहरु धेरै सावधानीसँग कारबाही गरिरहेका छन् ।

आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *