सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *