नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङमा दुर्घटना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।

नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङमा दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रहरी, नुवाकोटले जनाएको छ ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी त्रिशुली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *