कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक ३ गते।

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ-दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *