आज पनि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ३ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ ।

बुधबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद्ले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ । 

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । उनको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *