आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ५ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ।

स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *