अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ५ गते।
आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् ।
अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् ।
विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले बेवास्ता गर्दै आएका थिए । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभा बैठकको मिति गत २५ असोजका लागि तोकिएको थियो र मुख्यमन्त्री आचार्यले २५ गते नै विश्वासको मत लिने सूचना दिएका प्रदेश सभा सचिवलाई दिएका थिए । तर पछि अचानक सूचना टाँस गरेर प्रदेश सभा बैठक कात्तिक ५ गते (आज)का लागि सारिएको थियो ।
अहिले पनि सत्तापक्षले विश्वासको मत लिने दिन कार्तिक ७ लाई तोक्न खोजेको तर विपक्षी गठबन्धन भने कार्तिक ५ कै बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छ ।