अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ८ गते।
पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षकको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।
घाइते भएका चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।