किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न लोसपा लुम्बिनी प्रदेशको माग

अनलाईन न्युजपाटी , प्रिन्स मिश्रा,कपिलवस्तु समाचारदाता, कार्तिक ८ गते।

वर्षा , बाढी , हवाहुरि र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन लोसपा लुम्बिनी प्रदेशले स्थानीय सरकार , प्रदेश र नेपाल सरकार सँग माग गरेको छ ।

कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको र बारीमै धानवाली कुहिएको अवस्थामा  किसानहरु मारमा परेकाले लोसपा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले विज्ञप्ति जारी गर्दै धान बाली किसानहरु को मुख्य आमदनीको स्रोतको रूपमा रहेको र धानबाली नस्ट भएपछि जीवीको पार्जन गर्न कठिनाई हुने भएकोले  विज्ञप्ति जारी गर्दै तत्काल राहत पैकेज घोषणा गर्न  स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकार संग  प्रदेश अध्यक्ष मिश्राले माग गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *