अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १३ गते।
मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ ।
हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेको थियो । आज १० भने दशमलव ६ डिग्रीमा झरेको छ ।
अब चिसो निरन्तर बढ्दै जाने विभागले जनाएको छ । नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसंगै जाडोयाम शुरु हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।