अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक १४ गते।
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रहरीले बताए ।
तिनै जनालाई लागु औषध खैरो हिरोइन मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।