वाणिज्य बैंकले आठ सयभन्दा बढी संख्यामा आवेदन खुलायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १४ गते।

राष्ट्रिय वाणिज्य बैंकका लागि लोक सेवा आयोगले आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।

आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो ।

अनलाइन आवेदन भोलि (सोमबार) देखि भर्न सकिन्छ । २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो ।

आयोगले यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा निकालेको छ। लिखित परीक्षा भने लोक सेवा आयोगले नै सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *