आज जापानमा नयाँ संसदका लागि चुनाव हुँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १४ गते।

आज जापानमा नयाँ संसदका लागि चुनाव हुँदै छ।

अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने न्युज एजेन्सीले जनाएको छ।

यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसद्को तल्लो सदनको समयावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । ‍

चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको समर्थन खोजेका छन्।

४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्।

४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *