सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्कियो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १६ गते।

सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किँदा दुर्घटनामा परेको छ ।

आज बिहान उड्नका लागि धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।

१४ जना यात्रु बोकेर सिमकोट उड्न लागेको जहाजको रन वेमा एक्कासी बँदेल पनि दगुरेको थियो ।

जहाजमा रहेको सबै यात्रु तथ चालक दलका सदस्यहरु सकुसल रहेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जहाजको

अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको विमानस्थल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *