अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १६ गते।
भारतको राजधानी दिल्लीमा सबै विद्यालयमा पढाइ सुरु भएको छ।
कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरू भएको हो ।
विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ।
आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।
त्यसैगरी विद्यालय प्रवेश गर्नुअघि प्रवेशद्वारमा तापक्रम नाप्नुपर्ने, हातमा सेनिटाइजर लगाउनुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ।