अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १२ गते।
नेपालगञ्जबाट जाजरकोट जादै गरेको बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ ।
ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परको सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन।
बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।