अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ३ गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बैठक दिउँसो ४ बजे शीतलनिवासमा बस्नेछ ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने मुख्य दल तथा साना दलहरुलाई बोलाइएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।