कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुरमा ४१ वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत ३ गते।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुरमा ४१ वर्षपछि पक्राउ परेका छन्। दोषी ठहरिएपछि फरार रहेका जिल्लाको साविकको परासन गाविसका वडा नम्बर १ च गाउँका ७६ वर्षीय मलाङ तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई घरमै लुकिछिपी रहेको अवस्थामा कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीले भैंसी किनेको पैसा नतिरेको विषयमा विवाद भई कुटपिट हुँदा ज्वाइँ नाता पर्ने लाम्जा तामाङको हत्या गरेका थिए।

उनी २०३६ साल फागुन ८ गतेदेखि फरार थिए। अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकिको थियो। पक्राउ गरेका उनलाई  पुनस् अदालतले कारागार चलान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *