खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध ब्लु बिजयी

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,चैत ४ गते।

पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी  द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा मंगलबार भएको खेलमा लर्ड बुद्ध ब्लु बिजयी भएको छ ।

 मंगलबार दिउसो  भएको लर्ड बुद्ध ब्लु  र सुनवल  ३५ एफ सि विचको खेलमा लर्ड बुद्ध ब्लु  ३ गोल गर्दै  जित हात पारेको छ । प्रतियोगितामा सुनवल  ३५ एफ सिले २ गोल गरेको थियो  भने  लर्ड बुद्ध ब्लु ले ३ गोल गर्दै जित हासिल गरेको छ । 

यस्तै गरी भोलि देउराली फोर ब्रदर र मायादेवी युथ क्लब देवदह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *