अनलाईन न्युजपाटी,भैरहवा,समाचारदाता,जेठ २४ गते।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् । व्यवसाय, उद्योग, कल–कारखाना बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर त्यसको प्रत्यक्षमा मारमा परेका छन् । उनीहरुलाई बिहान सांझको छाक टार्न समस्या छ । यही समस्यालाई मध्यनजर गर्दै मर्चवार सामुदायिक बिकास केन्द्रले विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ ।
संस्थाले मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्दै आएको कार्यक्रम संयोजक हिना तिवारीले बताइन् । विपन्न परिवारलाई चामल, पिठो, नुन, सोयाबीन, आलु, प्याज लगायतका सामग्री वितरण गरिएको उनले बताइन् । त्यसै क्रममा भैरहवास्थित बुद्धचोक र कल्याणपथका ८ जना परिवारलाई खाद्यान्न सामग्री बितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्याय,कार्यकारी निर्देशक अखिलेश्वर शुक्ला,कोषाध्यक्ष रामकेश मौर्या लगायत अभियानकर्मी विनय यादव, बालमुकुन्द हरिजन, मान्ति कुर्मी,सोनु बनिया,राजकुमार हरिजन अन्य युवाहरु लगायतको सहयोग रहेको उनले बताइन् ।