अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ २३ गते।
दिल्लीमा सोमबार बिहान ५ बजेबाट बन्दाबन्दी खोल्न लागिएको बताएका छन्। कोरोना नियन्त्रण गर्न सफल भएकाले बन्दाबन्दी खोल्न लागेको केजरीवालले बताएका छन्।
भर्चुअल पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री केजरीवालले भनेका छन्, “अहिले लगाएको बन्दाबन्दी सोमबार बिहान ५ बजेसम्म छ। त्यसपछि क्रमिक रुपमा बन्दाबन्दी खाल्न गइरहेका छौं।”
दिल्लीमा भोलिबाट बजार र सपिङ मल खुल्ने भएका छन्। बिहान १० बजेदेखि राति ८ बजेसम्म पसल र सपिङ मल खोल्न पाइने भएको छ। यसका लागि जोरविजोर नम्बर लागू हुने भएको छ।
त्यस्तै, सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारी कार्यालयमा समूह ‘ए’ सबै कर्मचारीले कार्यालय आउनुपर्ने भएको छ। त्योभन्दा तलका ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा बोलाउन निर्देशन दिइएको छ। गैरसरकारी कार्यालयमा पनि ५० प्रतिशत कर्मचारी राखेर काम गर्न भनिएको छ। अन्य कर्मचारीलाई घरबाटै काम गर्न मुख्यमन्त्री केजरीवालले आग्रह गरेका छन्।
त्यस्तै, अन्य पसललाई जोर–विजोर नम्बर तोकिएको भए पनि अत्यावश्यक सामग्रीका पसल भने सबै खुल्ने भएका छन्। उनीहरूका लागि कुनै समय तोकिएको छैन।
भोलिबाट दिल्ली मेट्रो पनि सञ्चालन हुने भएको छ। ५० प्रतिशत मेट्रो सञ्चालन गर्न लागिएको उनले बताएका छन्।