अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,साउन ३१ गते।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औं स्वतन्त्रता दिवसको अवसरमा लाल किलाबाट राष्ट्रलाई सम्बोधन गर्दै भने कि स्वतन्त्रता हाम्रा लागि उत्सव हो । तर विभाजनको त्रासलाई बिर्सन सकिदैन। प्रधानमन्त्री मोदीले भने कि देश को विभाजन को पीडा कहिल्यै बिर्सन सकिदैन।
मोदीले भने, “घृणा र हिंसाका कारण हाम्रा लाखौं दिदीबहिनी र भाइहरु विस्थापित हुनुपरेको थियो र ज्यान समेत गुमाउनु परेको थियो। ती मानिसहरुको संघर्ष र बलिदानको स्मृतिमा १४ अगस्तलाई ‘विभाजन विभिसिका स्मृति दिवस’ को रुपमा मनाउने निर्णय गरिएको छ।
प्रधानमन्त्रीले भने कि यो दिनले हामीलाई भेदभाव, दुश्मनी र दुराचारको विष अन्त्य गर्न मात्र प्रेरित गर्दैन, तर यसले एकता, सामाजिक सद्भाव र मानवीय भावनाहरुलाई पनि बलियो बनाउनेछ।