मुख्यमन्त्री राउत द्वारा रौतहटमा ४ योजनाको शिलान्यास

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १६ गते।

रौतहट जिल्लाको वौद्धिमाई नगरपालिकामा मुख्यमन्त्री लालबाबु राउतले एकै दिन ४ वटा योजनाको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको लगानीमा निर्माण हुने योजनाहरुको शिलान्यासको लागि रौतहट गएका मुख्यमन्त्री राउत हिन्दु परम्परा अनुसार शिलान्यास गरेका हुन् ।

शिलान्यास गरिएको योजनाहरुमा वौद्धिमाई नगरपालिका र मौलापुर जोडने मुख्य सडकको श्री अज्गैवी स्थित पुल, प्रदेश -सरकार द्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलो मिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धिमाई नपा ५ गण्डक नहर देखी ग्वाली चौक हुँदै इनर्बा मटिअर्वा सम्मको सडक खण्ड , वौद्धिमाई नपा-४ इनरवारीस्थित शंकर स्थान पोखरी को सौन्दर्यकरण र इनरवारी मै धर्मशाला निर्माण रहेको छ ।

उक्त कार्यक्रम मा प्रदेश सभा सदस्य राम किशोर यादव अबुल कलाम आजाद फुलवाबु, जसपा जिल्ला अध्यक्ष एव देवाही गोनही नगरपालिका प्रमुख धर्मेन्द्र पटेल, बौद्धिमाई नपा प्रमुख राजु यादव सहित को सहभागिता रहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *