अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन ३ गते।
भारतको महाराष्ट्रमा आइतबार राति भएको ट्रक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
ट्रकमा २१ जना सवार थिए । यसमध्ये ५ जना घाइते रहेका छन् । दुर्घटनामा मारिनेमा महिला र बालबालिका पनि रहेका छन् ।
किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो । त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा धेरैको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । मारिएका १६ मध्ये १५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।