भारतमा एकै दिनमा थपिए ३ लाख ७० हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २० गते।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ संक्रमित थपिएका छन् । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९९ लाख २५ हजार ६०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २२ जना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख १८ हजार ९ सय ५९ जना पुगेको छ ।

भारतमा १ करोड ६२ लाख ९३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १९ हजार ३२ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *